Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल: कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै

एनपीएल: कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

चार खेल खेलेर एक खेल मात्रै जितेको कर्णाली याक्स दुई अंकका साथ छैटां स्थानमा छ ।

काठमाडौं गोर्खाज पााच खेल खेल्दा दुई खेल जितेर चार अंकसहित तेस्रो स्थानमा छ । दुवैलाई प्लेअपमा पुग्न जित्नै पर्ने दबाब छ ।

कर्णालीले अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ भने काठमाडौंले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। दिपेश कँडेलको स्थानमा भीम सार्की सुरुवाती ११ मा आएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ ।

प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077