Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल: लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य

एनपीएल: लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य

बुधवार , मंसिर २४, २०८२

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा कप्तान रोहितकुमार पौडेल र शेर मल्लको धारिलो बलिङसँगै काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनाएको हो।

काठमान्डुका सन्तोष यादवले सर्वाधिक १९ रन बनाए। १४ बल खेलेका उनले १ छक्का प्रहार गरे। मोहम्मद आदिल अन्सारी १८, जोन सिम्पसन १८ र भीम सार्की १४ रनमा आउट भए।

अन्यको ब्याट भने चल्न नसक्दा लुम्बिनीले सामान्य लक्ष्य प्राप्त गर्‍यो।

लुम्बिनीका रोहित र शेरले समान ३ विकेट लिए। ४ ओभर बलिङ गरेका रोहितले २५ र शेरले २२ रन खर्चिए।

रुबेन ट्रम्पलम्यानले २ र अभिषेक गौतमले १ विकेट आफ्नो नाममा राखे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077