Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जंगी अड्डा पुगेर प्रधानमन्त्री कार्कीले भनिन्- चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन

जंगी अड्डा पुगेर प्रधानमन्त्री कार्कीले भनिन्- चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन एक थोपा रगत नबग्नेगरी काम गर्न निर्देशन दिएकी छिन् ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको कार्यक्रममा सम्बोधन गर्दै नेपाली सेनालाई यस्तो निर्देशन दिएकी हुन् ।

सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले भनिन्- 'मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन ।'

साथै, उनले जेनजी आन्दोलनको क्रममा लुटिएका हातहतियारको खोजी तथा फरार अपराधी पक्रन कुनै कसर बाँकी नराखी खटिन् पनि सेनालाई आग्रह गरिन् ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायत उच्च पदस्थहरू उपस्थित थिए ।

प्रधानमन्त्रीको निर्देशन :

जनतालाई सुरक्षाको स्पष्ट प्रत्याभूति दिने, प्रहरी कारबाहीलाई सहज बनाउन सहयोग गर्ने र सबै राजनीतिक दलका गतिविधि बिनाअवरोध सञ्चालन हुने वातावरण तयार गर्न कार्ययोजनासहित अघि बढ्नू ।

आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनु हुँदैन । सुरक्षा संवेदनशीलताका आधारमा समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्नू ।

जेन-जी आन्दोलनका क्रममा लुटिएका वा हराएका हातहतियार पत्ता लगाउन, फरार आरोपित पक्राउ गर्न र स्थिति सामान्य बनाउन प्रहरीलाई पूर्ण सहयोग गर्नू ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077