धनगढी । कैलालीको धनगढीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज एकता सन्देशसभा गर्दै छ ।
एकता सभाअघि धनगढी चौराहा र क्याम्पस चोकबाट जुलुस निकालिएको छ ।
जुलुस धनगढी रंगशाला पछाडिको खुला भागमा पुगेपछि सन्देशसभा सुरु हुनेछ ।
जुलुसमा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता छ। नारासहित उनीहरू र्यालीमा सहभागी भएका हुन् ।
‘एकता सन्देश सभा’ लाई संयोजक प्रचण्ड, सह-संयोजक माधवकुमार नेपाल र नेता भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
