काठमाडौं । अध्ययन भिसा (प्रवेशाज्ञा) का नाममा नेपाल आएका विदेशी विद्यार्थी गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ ।
गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएपछि अध्यागमन विभागले थुप्रै विदेशीलाई घर फर्काइदिएको छ भने शुल्क असुल्ने नाममा मात्रै विदेशी विद्यार्थीलाई भर्ना नगर्न शैक्षिक संस्थालाई सचेत गराएको छ ।
नेपालमा अध्ययन गर्न आएको भनी कागजपत्र पेस गरेपछि विदेशी नागरिकले सहजै भिसा पाउने गरेका छन् ।
यस्ता विद्यार्थीमध्ये अधिकांशले नेपालका विभिन्न विश्वविद्यालय तथा शिक्षण संस्थामा उच्च शिक्षा एवं नेपालको भाषा, संस्कृति, कला, साहित्य र सङ्गीतलगायतका विभिन्न विधामा अध्ययन गर्न भनी भर्ना गर्ने गरेका छन् ।
तर विद्यार्थीको नाममा भर्ना भए पनि सामान बेच्ने, नेपालीसँग मिलेर गोप्य रूपमा होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने तथा अन्य गैरकानुनी क्रियाकलापमा पनि लाग्ने गरेको भेटिएको छ । गोरखापत्रबाट