काठमाडौं । आज २०८२ मंसिर १२ गते शुक्रबारको राशिफल ।
मेष
महत्वपूर्ण निर्णयहरूमा घरपरिवारबाट सल्लाह लिनुहोला। दायित्व पूर्तिको लागि धेरै खटिनुपर्ला। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन
धार्मिक र सांस्कृतिक क्षेत्रमा प्रभाव बढ्नेछ। सानो प्रयासले राम्रो लाभार्जन गर्न सकिनेछ। युवाहरुलाई उच्च शिक्षामा नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह
दाम्पत्य जीवन रमाइलो रहनेछ। जीवनसाथीको साथ र सहयोग पाइनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सद्भाव र नैतिक प्रोत्साहन पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
तुला
शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै बौद्धिक स्तरमा विकास हुनेछ। सामाजिक छविमा सकारात्मक वृद्धि हुनेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
धनु
मनोरञ्जनात्मक समय रहनेछ। कानुनी मुद्दा मामलाहरूले निर्णायक मोड लिनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ। आम्दानी बढ्नाले कामप्रति उत्साह जाग्नेछ। श्रमको उचित मूल्यांकन पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
बृष
पिताको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट
कामको मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
कन्या
सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। विपरीत परिस्थितीलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
बृश्चिक
धनार्जनका नयाँ स्रोतहरू फेलापर्नेछन् साथै वित्तीय पक्ष सबल रहनेछ। अध्ययन र ज्ञान सम्बन्धी प्रयासमा सफलता मिल्नेछ। व्यक्तिगत सौन्दर्य सामग्रीमा धनखर्च होला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
मकर
प्रियजनको साथले रमाईलो र उत्साहवर्धक समय रहनेछ। व्यापार व्यवसायमा बोली बिक्नेछ। मेहनत वा परिश्रमले प्रतिपक्षीहरू पनि हजुरको सहयोगी बन्नेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
मीन
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। व्यवसायमा सोचेजस्तो सफलता हात नलाग्ला। वाद विवादमा नपर्नुहोस्। कमजोर नतिजा सच्याउन केही काम दोहोराएर गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।