Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज जेठ १७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आज जेठ १७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आइतवार , जेठ १७, २०८३

काठमाडौं । आज २०८३ जेठ १७ गते आइतबारको राशिफल ।

मेष

सामाजिक वा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। नोकरी वा पेशामा सहयोगीहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन

शेयर मार्केटबाट मनग्य लाभ मिल्नेछ। मित्रता र प्रेम सम्बन्ध कसिनेछ। महत्वकांक्षी योजनाहरूमा सफलता पाइनेछ। कार्यक्षेत्रमा परीश्रम अनुसार राम्रै फल मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह

व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। विद्यार्थीहरूलाई विद्याको क्षेत्रमा शिक्षकको सहयोग मिल्नेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला

साहस र पराक्रममा वृद्धि हुनेछ। व्यापार बढ्नाले आयस्रोत सबल रहनेछ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

धनु

सन्तानको सफलताले मन प्रसन्न रहनेछ। कारोबार वा व्यवसायको सुरुवात गर्न सक्नुहुनेछ। पारिवारिक जीवनमा चलिरहेको तनावबाट मुक्ति मिल्नेछ। राजनीतिक क्षेत्रमा कूटनीतिको फाइदा मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

विद्यार्थीहरूको लागि नयाँ कुरा सिक्ने अवसर रहेको छ। अप्ठ्यारा परिस्थितिमा पिता को सहयोग मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।

बृष

अम्दानीका स्रोतहरू बढ्नेछन्। चाहना पूरा गर्नलाई धन खर्च हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौँ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

अगाडि रोकिएका कामहरू प्रारम्भ हुनाले मन प्रसन्न रहनेछ। नोकरी वा पेशामा अधिकारीहरूको सहयोग मिल्नेछ। व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। बहुमूल्य वस्तु संग्रह गर्ने योग छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ८ रहेको छ।

कन्या

विदेशतिर ताक्नेहरूलाई यात्राको अवसर मिल्नेछ। कार्यक्षेत्रमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ विशेषगरी बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आर्थिक लेनदेनको लागि उपयुक्त समय पर्खिनुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

धार्मिक यात्राको लागि योजना बन्नेछ। प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन्। वित्तीय वा सरकारी संस्थाबाट शुभ सूचना मिल्नेछ। नोकरी वा पेशामा शत्रुहरू बढ्नेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

मकर

कार्यक्षेत्रमा शत्रुपक्ष पराजित हुनेछन्। आर्थिक कारोबारमा नयाँ उपलब्धिहरूले कार्यक्षेत्रमा हौसला जगाउनेछ। चल अचल सम्पत्ति जोड्ने समय रहेको छ। व्यापार व्यवसायमा बनिरहेको कार्यमा बाधा आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन

भाग्यको साथले नयाँ परिबन्ध स्थापित गर्न सकिनेछ। उच्च शिक्षालाई लिएर विदेशतिर मुख ताक्नेहरूको लागि कार्यमा सफलता मिल्नेछ। सुन्दर उपहारले मन रमाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077