Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजी सापकोटालाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण

डीआईजी सापकोटालाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई प्रहरी हेडक्वार्टरले स्पष्टीकरण सोधेको छ ।

डीआईजी सापकोटाले प्रहरी नियमावली विपरीत आचरण गरेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको हो ।

गत सोमबार कोशी प्रदेशमा भएको तीन डीआइजीको सरुवा सम्बन्धी निर्णयमा सापकोटाले टिप्पणी गरेका थिए । गृहमन्त्री ओमप्रकाश अर्यालले कोशीमा विनोद घिमिरेलाई पठाउने निर्णय गरेपछि , ‘हम कभी नहि सुध्रेङ्गे, नेपाल पुलिस डीआईजीपी पोस्टिङ’ सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

प्रहरी नियमावली-२०७१ विपरीतको आचरण गरेको हुनाले डीआईजी सापकोटालाई स्पष्टीकरण सोधिएको प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेले बताए । हाल उनी कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077