Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दल दर्ताको समय चार दिन थप, हालसम्म १०६ दलले दिए निवेदन

दल दर्ताको समय चार दिन थप, हालसम्म १०६ दलले दिए निवेदन

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने प्रयोजनका लागि हिजोसम्म १०६ वटा दलले निवेदन दिएका छन् ।

निर्वाचन आयोगले दल दर्ताको निवेदन दिने समयावधि चार दिन थप गरेको छ । यसअघि हिजोसम्म म्याद रहेकोमा आयोगले चार दिन थप गरेको हो । आयोगमा अझै १८ नयाँ राजनीतिक दल दर्ता प्रक्रियामा छन् ।

प्रतिनिधिसभा सदस्य चुनाव प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र म्याद थपका लागि विभिन्न राजनीतिक दललगायतका सरोकारवालाबाट अनुरोध आएकाले समय थप गरिएको आयोगले जनाएको छ ।

विघटित प्रतिनिधिसभामा रहेका सबै १४ वटै दलले दल दर्ताको निवेदन दिएका छन् । १७ नयाँ दलले पनि आयोगमा निवेदन बुझाएका छन् । आयोगमा सूचीकृत राजनीतिक दलको संख्या भने १ सय ३७ पुगेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077