Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२७ खर्ब २९ अर्ब नाघ्यो सार्वजनिक ऋण, चार महिनामै बढ्यो ५५ अर्ब ३६ करोड

२७ खर्ब २९ अर्ब नाघ्यो सार्वजनिक ऋण, चार महिनामै बढ्यो ५५ अर्ब ३६ करोड

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । मुलुकको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको ४ महिनामै ५५ अर्ब ३६ करोड सार्वजनिक ऋण बढेको छ ।
राज्यको वित्तीय दायित्व निरन्तर रूपमा बढ्दै गएकाले सार्वजनिक ऋण पनि बढ्दै गएको सरकारको भनाइ छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा सार्वजनिक ऋणको दायित्व बढेको जनाएको थियो ।

चालु आवको कात्तिकसम्मको कुल सार्वजनिक ऋण दायित्व कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४.६९ प्रतिशत रहेको छ। हाल नेपालको कुल ऋणमा वैदेशिक (बाह्य) ऋणको हिस्सा ५३.२५ प्रतिशत अर्थात् १४ खर्ब ५३ अर्ब ४५ करोड २२ लाख रुपैयाँ रहेको छ।

आन्तरिक ऋणको हिस्सा ४६.७५ प्रतिशत अर्थात् १२ खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ छ। आन्तरिकभन्दा वैदेशिक ऋणको हिस्सा बढी हुँदा विनिमय दरमा हुने उतारचढावले ऋणको कुल दायित्वमा ठूलो प्रभाव पार्न सक्ने देखिन्छ ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण लिएर परिचालन गर्ने लक्ष्य राखेको छ। यसमध्ये ४ महिना अर्थात् (कात्तिक मसान्त) सम्म १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077