Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सार्वजनिक ऋण झन्डै २४ खर्ब, एक नेपाली बराबर ८२ हजार ऋणभार !

काठमाडौं । नेपालको कुल जनसंख्यालाई आधार मान्ने हो भने एक नेपालीबराबर ८२ हजार ऋणभार भएको छ । यद्यपि, यो नेपाली जनताको टाउकामा नथोपरिने भएकाले यसलाई राज्यको ऋणभारका रूपमा लिइन्छ ।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ भने सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब रुपैयाँ रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत माघ महिनासम्ममा नेपालको सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये ११ खर्ब ८४ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब २ अर्ब २४ करोड रुपैयाँ बाह्य ऋण हो ।

सरकारले चालू आवको सात महिनामा २ खर्ब २ अर्ब ४३ करोड ६० लाख ऋण उठाएको छ । बाह्य ऋण लिन असमर्थ हुँदै गएपछि र सरकारी खाता घाटामा जान थालेपछि सरकार अहिले आन्तरिक ऋण उठाउन उद्दत भएको देखिएको छ ।

सात महिनाको अन्तरालमा सरकारले ५२ अर्ब १२ करोड मात्र बाह्य ऋण उठाउन सकेको छ । जबकि, यस दौरानमा आन्तरिक ऋण १ खर्ब ५० अर्ब ३१ करोड रुपैयाँ उठाइसकेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077