Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ऋणको भारले थिचिँदै नेपाली : प्रतिव्यक्ति ८१ हजारको भारी

काठमाडौं । सार्वजनिक ऋणको भार तीव्र गतिमा वृद्धि हुँदै गएको छ ।

चालू आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै ८५ अर्ब १३ करोड रुपियाँले सार्वजनिक ऋण वृद्धि भई २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपियाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

कार्यालयको तथ्यांकअनुसार सरकारको ऋण हरेक वर्ष बढ्दै जाँदा पछिल्लो पाँच वर्षमा दोब्बरभन्दा बढीले सार्वजनिक ऋण वृद्धि भएको छ।

आर्थिक २०७५र७६ सम्म १० खर्ब ४८ अर्ब १५ करोड रुपियाँ मात्रै सार्वजनिक ऋण रहेको थियो। २०७८ को जनगणनाका आधारमा प्रतिव्यक्ति ऋणको भार ८१ हजार ७ सय ५९ रुपियाँ पुगेको छ।

चालू आर्थिक वर्षमा मात्रै प्रतिव्यक्ति ऋणको भार करिब ३ हजार रुपियाँले वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म प्रतिव्यक्ति ऋण ७८ हजार ८ सय ४० रुपियाँ थियो।

सरकारले लिएको सार्वजनिक ऋणमध्ये आन्तरिकतर्फ ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख र वाह्यतर्फ ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख रुपियाँ छ।

कुल गार्हस्थ उत्पादन ९जीडीपी० को आधारमा ४४ दशमलव ३१ प्रतिशत सार्वजनिक ऋण रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार हाल नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपियाँ रहेको छ।

सरकारले चालू आर्थिक वर्षमा १ खर्ब १६ अर्ब ५८ करोड ५ लाख रुपियाँ सार्वजनिक ऋण व्यवस्थापनका निम्ति खर्च गरेको छ। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077