Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, पाउन्ड, कुवेती दिनारसहित केही मुद्रा भने महँगिएका छन्।

आज अमेरिकी डलर १ को खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्री दर १४३ रुपैयाँ ०६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ ०८ पैसा थियो।

यही मंसिर ८ गते अमेरिकी डलर १ को खरिद दर १४२ रुपैयाँ ८८ पैसा र बिक्री दर १४३ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिद दर १६४ रुपैयाँ २८ पैसा र बिक्री दर १६४ रुपैयाँ ९८ पैसा छ। हिजो युरो १ को खरिद दर १६४ रुपैयाँ ४४ पैसा र बिक्री दर १६५ रुपैयाँ १३ पैसा थियो।

आज पाउन्ड स्टर्लिङ १ को खरिद दर १८६ रुपैयाँ ८४ पैसा र बिक्री दर १८७ रुपैयाँ ६२ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिद दर १८६ रुपैयाँ ५६ पैसा र बिक्री दर १८७ रुपैयाँ ३५ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैयाँ ८४ पैसा र बिक्री दर ९२ रुपैयाँ २३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैयाँ ९० पैसा र बिक्री दर ९२ रुपैयाँ २९ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिद दर ४६३ रुपैयाँ ७४ पैसा र बिक्री दर ४६५ रुपैयाँ ६९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिद दर ४६३ रुपैयाँ ५० पैसा र बिक्री दर ४६५ रुपैयाँ ४५ पैसा थियो।

आज बहराइन दिनार १ को खरिद दर ३७७ रुपैयाँ ८८ पैसा र बिक्री दर ३७९ रुपैयाँ ४७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिद दर ३७७ रुपैयाँ ९३ पैसा र बिक्री दर ३७९ रुपैयाँ ५२ पैसा थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077