Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा चुनावका लागि दर्ता हुने दलको संख्या ८० पुग्यो

प्रतिनिधिसभा चुनावका लागि दर्ता हुने दलको संख्या ८० पुग्यो

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बन्दै गएको छ । निर्वाचन आयोगले दल दर्ताको समयसीमा भोलि बुधबारसम्म तोकेको छ भने समयसीमा सकिनु एक दिनअघि अर्थात् मङ्गलबारसम्म ८० वटा राजनीतिक दलले दर्ता प्रक्रिया पूरा गरिसकेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मंगलबारसम्म दर्ता भएका प्रमुख दलहरूमा एमाले, नेपाली कांग्रेस, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टीलगायत मुख्य राजनीतिक दल सामेल छन् ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले, सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस, अध्यक्ष राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टी, रन्जिता श्रेष्ठ (चौधरी) नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, डा. चन्द्रकान्त राउतको जनमत पार्टी, महन्थ ठाकुरको लोसपा नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालसहितका दलले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएका छन्।

त्यसैगरी चन्द्रदेव जोशीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), कविर सोप अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नेपाल), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चालगायतका दल पनि दर्ता भइसकेको आयोगले जनाएको छ।

आयोगले अझै केही दलबाट दर्ता प्रक्रिया जारी रहेको र अन्तिम दिनमा दल दर्ता थप बढ्न सक्ने अनुमान गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077