Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कालोपट्टी बाँधेर सिंहदरबार अगाडि मिराज ढुंगाना समूहको प्रदर्शन

कालोपट्टी बाँधेर सिंहदरबार अगाडि मिराज ढुंगाना समूहको प्रदर्शन

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मागपत्र बुझ्ने समय नदिएको भन्दै मिराज ढुंगाना जेनजी समूहले मंगलबार पनि सिंहदरवारको मुख्य गेटअगाडि प्रदर्शन गरेको छ।

आइतबार बसेको बैठकले सोमबारदेखि निरन्तर आन्दोलन गर्ने घोषणा गरेको थियो। त्यसैअनुसार मंगलबार ढुंगाना नेतृत्वको समूहले टाउकोमा कालोपट्टी बाँधेर विरोध जनाएको छ ।

यसअघि सिंहदरबारभित्र प्रवेश गर्न खोज्दा समूह र प्रहरीले केही बेर धकेलाधकेल गरिएको थियो। सोमबार पनि उनीहरू सिंहदरबार गेटसम्म पुगेका थिए तर प्रधानमन्त्रीलाई भेट्न नपाएपछि असन्तुष्टि व्यक्त गरेका थिए।

मागपत्र बुझाउने बताए पनि समय नपाएको भन्दै उनीहरूले उक्त मागपत्र गेटमै टाँसेर फर्किएका थिए।

मागपत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित भदौ २३-२४ को घटनामा संलग्न सबैलाई पक्राउ गर्न, वर्तमान संविधान संशोधनको लागि सर्वपक्षीय सरकार बनाउने र घोषित निर्वाचन रोक्न माग गरिएको छ ।

यस्तै ज्ञापनपत्रमा सबै राजनीतिक दलका नेता तथा पूर्वसांसद-मन्त्रीहरूको चलअचल सम्पत्ति रोक्का गर्न, शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन गर्न, सरकारी सेवामा दलीय कर्मचारी संगठन सदाका लागि प्रतिबन्ध गर्न, जेनजी निगरानी आयोग बनाउन र शहीद-घाइते परिवारलाई तत्काल रोजगारी दिने लगायतका मागहरु समेटिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077