Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी शर्मा ओली, रमेश लेखक र सुदन गुरुङसहितका ९ जनाविरुद्धको जाहेरी तामेलीमा

केपी शर्मा ओली, रमेश लेखक र सुदन गुरुङसहितका ९ जनाविरुद्धको जाहेरी तामेलीमा

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनालाई लिएर परेका जाहेरी मध्ये ९ वटा तामेलीमा राखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न कसुर दाबी गर्दै प्रहरीमा आएका ९ जाहेरी तामेलीमा राखिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’, हामी नेपालीका संस्थापक सुदन गुरुङलगायतकाक विरुद्धमा परेका ९ वटा जाहेरी तामेलीमा राखिएको हो ।

तत्काल प्रमाणअनुसार अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने नदेखिएपछि प्रहरीको सिफारिसमा सरकारी वकिल कार्यालयले निर्णय जाहेरी तामेलीमा राखिएको हो ।

प्रहरीमा आएका १०४ जाहेरी भने दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको काठमाडौं प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077