Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्प–सीबीच फोन वार्ता, ट्रम्प अप्रिलमा बेइजिङ जाने

ट्रम्प–सीबीच फोन वार्ता, ट्रम्प अप्रिलमा बेइजिङ जाने

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फोनमा कुराकानी गरेका छन् ।

दुवै नेताहरूले रूस–युक्रेन युद्ध, फेन्टानिल तस्करी र किसानहरूका लागि गर्न लागिएको एक महत्वपूर्ण सम्झौताबारे छलफल गरेका हुन् ।

ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’मा लेख्दै भने, 'हामीले हाम्रा किसानहरूका लागि एक राम्रो र अत्यन्तै महत्वपूर्ण सम्झौता गरेका छौँ । यो अझ राम्रो हुँदै जानेछ । चीनसँग हाम्रो सम्बन्ध अत्यन्तै बलियो छ ।'

उनले सीको निमन्त्रणामा अप्रिलमा चीन भ्रमण गर्ने र सीले अर्को वर्षको अन्त्यतिर अमेरिकाको भ्रमण गर्ने जानकारी दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077