Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले गर्‍यो दल दर्ता

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले गर्‍यो दल दर्ता

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको छ ।

आज कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोग पुगेर दुई निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।

गत असोज २८ गतेदेखि निरन्तर चल्दै आएको कांग्रेस केन्द्रीय समिति बैठक शनिबार निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो ।

आयोगले माघ ११ गतेको राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन मंसिर ७ गतेभित्र दल दर्ता गराइसक्नुपर्ने समय सीमा तोकेको छ।

कात्तिक २८ गते सूचना जारी गर्दै आयोगले दर्ता कायम गरेका सबै दललाई सो मितिभित्र कार्यालय समयभित्र आवश्यक कागजात पेश गर्न आग्रह गरेको थियो।

आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077