चितवन । गएराति चितवनमा भएकोगाडी दुर्घटनामा नेपाली कांग्रेसका स्थानीय नेता राममणी न्यौपानेको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति करिब ११ः३० बजे कालिका नगरपालिका–११ मा बा.१८च ८९७३ नम्बरको बोलेरो जीप अनियन्त्रित भएपछि दुर्घटना भएको हो ।
बोलेरो न्यौपाने स्वयं चलाइरहेका थिए । सिद्धिबाट कल्याणचौर तर्फ जाँदै गर्दा जीप सडकबाट झण्डै १५० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
गम्भीर घाइते न्यौपानेलाई तत्कालै उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले उनलाई अस्पताल पुर्याइएलगत्तै मृत घोषित गरे।
खैरहनी–४ निवासी ६२ वर्षीय न्यौपाने नेपाली कांग्रेसका सक्रिय स्थानीय नेता हुन् ।