Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको निष्कर्ष - जेनजीको आवाज सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अपरिहार्य

कांग्रेसको निष्कर्ष - जेनजीको आवाज सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अपरिहार्य

शनिवार , मंसिर ६, २०८२

काठमाडौँ । जेनजी पुस्ताद्वारा उठाइएका परिवर्तनका मागलाई सम्बोधन गर्न नेपाली कांग्रेसले सबै पक्षलाई समेट्ने राष्ट्रिय संवाद आवश्यक भएको ठहर गरेको छ ।

असोज २८ देखि जारी केन्द्रीय कार्यसमितिको बैठकले शनिबार निर्णय सार्वजनिक गर्दै सुशासन, पारदर्शिता र राजनीतिक स्थिरताको लागि साझा समझदारी निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले देश अहिले संवैधानिक रूपान्तरणको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै, विविध आवाज र आकांक्षालाई एकीकृत गर्ने साझा समझदारी निर्माण नै समाधानको मूल ढोका भएको जनाएको छ।

निर्णयमा भनिएको छ, 'संविधानको मर्म–मान्यताअनुरूप रूपान्तरणसहित देशलाई शान्ति, समुन्नति र स्थिरताबाट अघि बढाउन साझा समझदारी आवश्यक रहेको ठहर कांग्रेसले गरेको छ।'

कांग्रेसले विघटित प्रतिनिधिसभाका दलदेखि लिएर जेन–जेड पुस्ता, हालै उदाएका नयाँ राजनीतिक समूह, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी र सबै सरोकारवालालाई बहुपक्षीय संवादमा सहभागी गराउन आह्वान गरेको छ।

भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा देखिएका आक्रमण, लुटपाट, आगजनी र अन्य विध्वंसकारी गतिविधिको निष्पक्ष छानबिन गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

पीडितहरूलाई उचित क्षतिपूर्ति र न्याय उपलब्ध गराउन कानुनअनुसार कडा कार्यान्वयन आवश्यक रहेको उसको निष्कर्ष छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077