काठमाडौं । जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी नेकपाको संवाद कार्यक्रम सुरु भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा संवाद सुरु भएको हो ।
कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, जगन्नाथ खतिवडालगायत नेताहरू सहभागी छन्।
कार्यक्रममा संयोजक प्रचण्डले जेनजीसँग प्रत्यक्ष संवाद गर्नेछन्।
कार्यक्रमले पार्टी र युवा सदस्यबीचको संवादलाई अझ सशक्त बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।