Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंमा एमालेको वृहत जनप्रदर्शन, कार्यकर्ता सभास्थल पुग्ने क्रम जारी 

काठमाडौंमा एमालेको वृहत जनप्रदर्शन, कार्यकर्ता सभास्थल पुग्ने क्रम जारी 

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । नेकपा एमालेको जनसभामा सहभागी हुन विभिन्न जनवर्गीय संगठनले जुलुस निकालेका छन् ।

भृकुटीमण्डपमा हुने सभामा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट एमाले कार्यकर्ताहरू सभास्थल पुग्न थालेका हुन् ।

सभाअघि भद्रकाली, सुन्धारा र रत्नपार्कबाट बिहान साढे ११ बजे सुरु हुने जुलुस बागबजार हुँदै भृकुटीमण्डप पुगेर जागरणसभामा परिणत हुनेछ। सभालाई अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन्।

२४ कात्तिकमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले जागरणसभा आयोजना गर्ने निर्णय गरेको थियो।

एमालेले प्रतिनिधिसभा विघटनका विरुद्ध र सुशीला कार्की नेतृत्वमा बनेको सरकार असंवैधानिक भएको आरोप लगाउँदै विरोध कार्यक्रम गर्दै आएको छ।

भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्दै एमाले, विभिन्न चोकबाट निकालिँदैछ र्‍याली (तस्बिरहरू)

यसअघिको चरणमा कात्तिक २२ गते वडास्तरीय भेला, २५ गते पालिकास्तरीय र २९ गते जिल्लास्तरीय प्रदर्शन सम्पन्न गरेको थियो।

एमालेले शुक्रबार मात्रै सिन्धुलीका पुष्पराज श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय ‘नेशनल भोलेन्टियर्स फोर्स’ गठन गरेको घोषणा गरेको छ।
एमालेले सरकारको विरोधमा चरणबद्ध कार्यक्रम गरिरहेको छ ।

यस्तै प्रदर्शनका कारण काठमाडौंको प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारी साधन डाइभर्सन गरिएका छन् । प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र सभागृहमोडबाट डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।

एमालेको जनसभालाई मध्यनजर गर्दै बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

काठमाडाैंमा सुरु भयो एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077