Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल हुने

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल हुने

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज फेरि बस्दै छ । असोज २८ मा सुरु भएर कात्तिक २७ मा स्थगित भएको केन्द्रीय समिति बैठक आज पुनः बस्न लागेको हो ।

विशेष अथवा नियमित महाधिवेशन भन्ने विवादमा बैठक केन्द्रित हुँदै आएको छ । पुस वा वैशाखमा नियमित महाधिवेशन भन्ने विषयमा पनि बैठकमा विवाद छ ।

यही विवादका कारण कांग्रेस राष्ट्रिय विषयमा समेत प्रवेश नगरी बैठक स्थगित गरेर बसेको छ ।

दुवैतर्फको निरन्तरको अडानले कात्तिक २७ यता तीनपटक बैठक स्थगित भइसकेको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठकमा पुस अन्तिमको नियमित महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले गरेका छन् ।

विशेष महाधिवेशनको अडान लिइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको विश्वासमा पुस अन्तिम साताको कार्यतालिका पेस गरी विशेष महाधिवेशन प्रस्ताव फिर्ता गराउने तयारीमा खड्का लागेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077