Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सचिवहरूलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीको चेतावनी - मन्त्री छैनन् भनेर काममा लापरबाही नगर्नू

सचिवहरूलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीको चेतावनी - मन्त्री छैनन् भनेर काममा लापरबाही नगर्नू

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको सेवा प्रवाहलाई तीव्र, पारदर्शी र परिणाममुखी बनाउन आफ्नो मातहतका सबै मन्त्रालयका सचिवहरुलाई कडा निर्देशन दिएकी छिन् ।

मन्त्रीविहीन अवस्थाकै बीच सिंहदरबारमा बोलाइएको बैठकमा प्रधानमन्त्रीले सचिवहरुलाई ‘अर्कोको मुख नताकी काम गर्ने’ मानसिकता अपनाउन निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले मन्त्रीको अनुपस्थितिले काम रोकिएको बहाना कहीं नभइरहोस् भन्दै आवश्यक सबै अधिकार सचिवहरुलाई प्रत्यायोजन गरिएको बताइन् ।

आवश्यकता परेमा थप अधिकार दिन पनि आफू तयार रहेको उल्लेख गर्दै उनले भनिन्, 'हामी अस्थायी हौँ, म क्षणिक हो। ब्युरोक्रेसी स्थायी सरकार हो। निर्देशन म दिन सक्छु, तर कार्यान्वयन तपाईँहरूले नै गर्ने हो।'

जेनजी आन्दोलनले उठाएको सुशासन र छिटोछरितो सेवा प्रवाहका भावनाअनुसार प्रशासनले ठोस सुधार देखाउनुपर्ने प्रधानमन्त्रीको जोड थियो।

भ्रष्टाचार नियन्त्रणमा कुनै पनि प्रकारको ढिलाइ, बहाना वा अलमल सह्य नहुने चेतावनी दिँदै उनले नतिजामुखी शासनको मोडेल अघि बढाउन सचिवहरुलाई आह्वान गरिन् ।

मन्त्री नभएको भनेर रोकिने फाइल वा प्रक्रिया तत्काल अगाडि बढाउन तथा जनसँग जोडिएका सबै सेवामा अधिकतम सहजता सुनिश्चित गर्न उनले निर्देशन दिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077