Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी पक्षधरलाई चुनावमा भाग लिएर नेतृत्व लिन प्रधानमन्त्रीको आग्रह

जेनजी पक्षधरलाई चुनावमा भाग लिएर नेतृत्व लिन प्रधानमन्त्रीको आग्रह

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका तीन प्रतिनिधि समूह आन्दोलनकारी, सहिद परिवार र घाइते—सँग शुक्रबार सिंहदरबारमा निर्णायक छलफल गरेकी छिन् ।

सबै समूहले सरकारले अब कुनै ढिलाइ नगरी तत्काल औपचारिक सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेका छन् ।

छलफलमा उनीहरूले दमनकारी क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कारबाही अघि बढाउन ढिलाइ हुन नहुने,‘प्रतिक्रान्ति’का गतिविधि नियन्त्रणमा लिन सरकार सक्रिय हुनुपर्ने र सहिद तथा घाइतेका मागलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा एकमत व्यक्त गरे ।

जवाफमा प्रधानमन्त्री कार्कीले आन्दोलनकारीसँगको सम्झौता अन्तिम चरणमा पुगेको जानकारी दिँदै राष्ट्रपतिसँगको परामर्शपछि निष्कर्षमा पुगिने बताइन् । उनले सहिद परिवार र घाइतेहरूका प्रश्नमा सरकारले दायाँ–बायाँ नजाने स्पष्ट पार्दै माग पूरा हुनेमा ढुक्क रहन आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले संवैधानिक तथा कानुनी सीमाका विषयमा पनि आन्दोलनकारी पक्षले ध्यान दिनुपर्ने उल्लेख गरिन् । आगामी निर्वाचनमा सहभागी भएर जनादेशका माध्यमबाट शान्तिपूर्ण परिवर्तनको नेतृत्व लिन उनले जेनजी पक्षलाई सुझाव दिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077