Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद् बैठक

प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद् बैठक

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेकी छिन्।

सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्ने गरी दिउँसो २:३० बजे बैठक बोलाएकी हुन्।

बाराको सिमरामा भइरहेको घटनालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । जसमा राष्ट्रिय सुरक्षा र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

यसैबीच, शान्ति-सुरक्षाको अवस्था मजबुत बनाउन सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रिय मानव अधिकार आयोगले पनि प्रतिक्रिया जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077