Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित, अर्को बैठक ६ गते

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित, अर्को बैठक ६ गते

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ ।

आज दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनबारे सहमति नजुटेपछि स्थगित भएको हो।

असोज २८ गतेदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको र निर्णय लिनुपर्ने भएकाले सहमति नजुट्दा कात्तिक २७ गतेबाट बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

आगामी चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने वा विशेष महाधिवेशन कि नियमित भन्नेमा कांग्रेसभित्र विवाद छ ।

सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारी भने वैशाखमा महाधिवेशन गर्ने गरी बहुमतबाट निर्णय लिनुपर्नेमा छन् । तर सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बहुमतबाट नभई सर्वसम्मत रूपमा निर्णय लिनुपर्ने भन्दै पटक पटक बैठक स्थगित गर्दै आएका छन् ।

केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काबाहेक सबैले धारणा राखिसकेका छन् ।

अर्को बैठक मंसिर ६ गते दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077