Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न माग गर्दै ओलीले भने- बोलेबापत उत्तेजित भएर मान्छे गिरफ्तार गर्न हुँदैन

दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न माग गर्दै ओलीले भने- बोलेबापत उत्तेजित भएर मान्छे गिरफ्तार गर्न हुँदैन

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले दुर्गा प्रसाईँले दिउँसो सार्वजनिक गरेको भिडियोकै आधारमा रातारात सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

बोलेकै भरमा कसैलाई थुन्न नपाइने भन्दै ओलीले भने- 'म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईँलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ रु बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो । दुर्गा प्रसाईँले एउटा भिडियो निकाले । दिउँसो निस्कियो बेलुका समातियो । यो सरकारसँग त्यो भिडियोको जवाफ छ कि छैन ? दुर्गा प्रसाईँलाई दिने जवाफ छ कि छैन । म प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्न चाहन्छु । बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफ्तार गर्न हुँदैन ।'

ओलीले अभिव्यक्ति दिएकै आधारमा उत्तेजित भएर कसैलाई पनि गिरफ्तार गर्न नपाइने बताएका छन् ।

उनले भिडियो बाहिर ल्याउनु अपराध भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न समेत गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077