Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदीलाई एफ-३५ एस बेच्ने राष्ट्रपति ट्रम्पको घोषणा

साउदीलाई एफ-३५ एस बेच्ने राष्ट्रपति ट्रम्पको घोषणा

बुधवार , मंसिर ३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई अत्याधुनिक एफ-३५ एस लडाकु जेट बिक्री गर्ने योजना बनाएको बताएका छन् ।

साउदी युवराज मोहम्मद बिन सलमानको ह्वाइट हाउस भ्रमणको एक दिनपछि ट्रम्पले यस्तो योजना सार्वजनिक गरेका हुन्।

हाल मध्यपूर्वमा इजरायल मात्र एफ-३५ एस जेट भएको देश हो । विश्वका अत्याधुनिक लडाकु जेटमध्ये एक मानिने यस विमानको मूल्य प्रतिएकाइ करिब १० करोड अमेरिकी डलर पर्ने बताइन्छ ।

सिएनएनका अनुसार अमेरिकी कंग्रेसले साउदीलाई एफ-३५एस निर्यातका इजाजतपत्र रोक्न सक्ने सम्भावना भए पनि यस्तो कदम असामान्य मानिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077