Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सतर्कता केन्द्रलाई प्रधानमन्त्रीको चारबुँदे निर्देशन, भनिन् - भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्नुपर्छ

सतर्कता केन्द्रलाई प्रधानमन्त्रीको चारबुँदे निर्देशन, भनिन् - भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्नुपर्छ

सोमवार , मंसिर १, २०८२

काठमाडौं । सरकारले भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानलाई संस्थागत रूपमा बलियो बनाउने तयारीसहित राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय रूपमा अघि ल्याउने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीले केन्द्रका सचिव सरजुकुमार वैद्यसँग गरेको भेटवार्तामा यसबारे ठोस निर्देशन दिइएकी हुन् ।

प्रधानमन्त्रीले हाल देशभर चर्किएको जेनजी आन्दोलनको मूल माग भ्रष्टाचारविरोधी कारबाही भएको उल्लेख गर्दै अब सतर्कता केन्द्रले दृश्यात्मक परिवर्तन ल्याउने परिणामसहित काम गर्नुपर्ने बताइन् ।

सार्वजनिक निकायमा हुने ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरी छानबिनमा केन्द्रको भूमिका अझै सशक्त बनाइनुपर्ने प्रधानमन्त्रीको निर्देशन छ । दण्डात्मक कारबाहीभन्दा भ्रष्टाचार हुन नदिने वातावरण निर्माणमा ध्यान दिन भनिएको छ।

सरकारी कार्यालयहरूले प्रदान गर्ने दैनिक सेवामा सुधार ल्याउन नियमन र अनुगमनलाई तीव्र बनाउनु पर्ने उल्लेख छ । यसका साथै, सतर्कता केन्द्रले जारी गर्ने निर्देशन पालना भए–नभएको पनि नियमित अनुगमन गर्न प्रधानमन्त्रीले भनेकी छन् ।

विकास–निर्माणका योजनाहरू तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्न नभएको गुनासो बढ्दै गएको भन्दै प्राविधिक परीक्षण तथा गुणस्तर निगरानीमा केन्द्रको भूमिका कमजोर भएको प्रधानमन्त्रीले औंल्याइन् ।

यसका लागि केन्द्रलाई आवश्यक जनशक्ति र वित्तीय स्रोतको व्यवस्थापन गर्न समेत निर्देशन दिइएको छ । प्रधानमन्त्री कार्कीले सतर्कता केन्द्रको उपस्थिति कागजमा मात्र होइन, आम नागरिकले दैनिक जीवनमै अनुभूति गर्नेगरी प्रभावकारी बनाउने आवश्यकता जोड दिइन् ।

उनका अनुसार भ्रष्टाचार नियन्त्रणमा प्राप्त उपलब्धि अब जनता सामु देखिने खालको हुनुपर्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077