काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशव्यापी ‘एकता सन्देश सभा’ सञ्चालन गर्न कार्यक्रम सार्वजनिक गरेको छ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले संयुक्त रूपमा प्रेस नोट जारी गर्दै एकता सभा गर्ने मिति र स्थानबारे जानकारी गराएका हुन्।
प्रदेशस्तरीय एकता सभा मंसिर १२ गते धनगढी, १३ गते देउखुरी, १४ गते पोखरा, १५ गते विराटनगर, १७ गते काठमाडौं, १८ गते सुर्खेत, १९ गते काठमाडौं र २० गते जनकपुरमा कार्यक्रम गर्ने उल्लेख छ।
विदेशमा रहेका पार्टी संरचनाहरूका लागि मंसिर २१ गते साँझ ६ बजे भर्चुअल सभा सञ्चालन हुनेछ।
मंसिर २६ गते र २९ गते देशभरका सम्पूर्ण स्थानीय तहमा एकसाथ एकता सन्देश सभा गर्ने निर्णय उल्लेख छ।