Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका

यस्तो छ प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले पूर्ण कार्यतालिका सार्वजनिक गरेको छ।

आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार पहिलो हुने निर्वाचित हुने प्रणाली (फर्स्ट-पास्ट-द-पोस्ट) र समानुपातिक प्रणालीका लागि अलग-अलग निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो ।

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ, माघ ६ गते बिहान १० बजेबाट बेलुका ५ बजे सम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ। सोही दिन बेलुका ५ देखि ७ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ। मनोनयन पत्रको विरोधमा उजुरी दर्ता गर्ने समय माघ ७ गते बिहान १० बजेबाट दिउँसो ३ बजे सम्म तोकिएको छ।

आयोगले जनाएको छ कि माघ ८ गते बेलुका ५ देखि ७ बजे सम्म उम्मेदवारको नामावली प्रकाशित गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। उम्मेदवारले माघ ९ गते बिहान १० बजे देखि दिउँसो १ बजे सम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन् भने अन्तिम नामावली सोही दिन दिउँसो १ देखि ३ बजे प्रकाशित हुनेछ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ, मंसिर २० गतेदेखि कार्यक्रम सुरु हुने छ। राजनीतिक दलहरूले मंसिर २१ देखि २३ गतेसम्म निवेदन पेश गर्न सक्नेछन् ।

सो निवेदन पेश गरेका दलको नामावली मंसिर २४ गते प्रकाशित गरिने छ। उम्मेदवारको बन्दसूची राजनीतिक दलहरूले पौष १३ र १४ गते पेश गर्नेछन् र माघ २० गते अन्तिम रूपमा प्रकाशित गरिने छ।

निर्वाचन आयोगका अनुसार, फागुन २१ गते बिहान ७ बजेबाट बेलुका ५ बजे सम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने व्यवस्था रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077