Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन : पुस २३ मा मनोनयन, माघ ११ गते मतदान

राष्ट्रियसभा निर्वाचन : पुस २३ मा मनोनयन, माघ ११ गते मतदान

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आइतबार सार्वजनिक गरेको कार्यक्रमअनुसार पुस २३ गते उम्मेदवारी दर्ता हुने भएको हो ।

आयोगका अनुसार सो दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गर्न सकिनेछ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदनरउजुरीमाथि छानबिन गरी पुुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

पुस २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने कार्यक्रम छ । दिउँसो १ देखि २ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने तालिका रहेको छ ।

निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । राष्ट्रियसभाका १९ सांसद आउँदो फागुनमा बिदा हुँदै छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077