Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनका लागि दल दर्ताको अन्तिम म्याद आज

निर्वाचनका लागि दल दर्ताको अन्तिम म्याद आज

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनमा सहभागी हुन दल दर्ताको अन्तिम म्याद आज सकिँदैछ ।

निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए, जसमध्ये पाँचले हालसम्म दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलका रूपमा मान्यता पाएका छन् । त्यस्तै १० वाम दलहरू एकीकृत भएर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी (एकीकृत)’ ले पनि आयोगबाट दर्ता प्रमाणपत्र लिएको छ।

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल पनि आधिकारिक रूपमा दर्ता भइसकेको छ। यसैबीच, निर्वाचन घोषणा भएपछि दुई दल विभाजनबाट नयाँ राजनीतिक शक्ति उदाएका छन् ।

जनमत पार्टीबाट फुटेर बनेको ‘जनस्वराज पार्टी’ तथा नेपाल जनमुक्ति पार्टीबाट अलगिएर गठन भएको ‘राष्ट्रिय जनमुक्ति पार्टी’ दुवै आयोगमा सूचीकृत भइसकेका छन्।

यससँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२६ पुगेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077