काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका छन्।
महाधिवेशनको विषयमा पार्टी निर्णयमा पुग्न ढिलाइ भइरहेका बेला शनिबार फेसबुकमार्फत् उनले नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका हुन् ।
उनले हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको बताए।
सामाजिक सञ्जालमा खड्काले लेखेका छन्- 'इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखे र प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको छ । साथीहरू सबैले एकताबद्ध भएर यो महत्त्वपूर्ण मर्मलाई बुझिदिइ धैर्यता राखिदिन हाम्रो विशेष अनुरोध छ ।'
उनले आफ्नो विषयमा गरिएका टिप्पणीको सम्मान गर्ने पनि बताएका छन्।
सार्वजनिक रुपमा हुने टिप्पणी मार्गदर्शक बन्ने उनको भनाइ छ।
'