Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई खड्काको खबरदारी: प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी स्थापित परम्परालाई तलमाथि नगरियोस्

सरकारलाई खड्काको खबरदारी: प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी स्थापित परम्परालाई तलमाथि नगरियोस्

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी स्थापित मान्यतालाई परिवर्तन नगर्न आग्रह गरेका छन् ।

नयाँ सरकार गठनपछि आज पहिलोपटक संवैधानिक परिषद्को बैठक बस्दैछ । परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बस्ने बैठकबाट सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

सोही सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै झन्डै चार दशकदेखि कायम परम्परालाई यथावत् राख्नुपर्ने बताएका हुन् ।

'संवैधानिक परिषद्का अध्यक्ष सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को अध्यक्षतामा परिषदको बैठक आज बस्दैछ । जानकारीमा आएअनुसार सर्वोच्च अदालको प्रधानन्यायाधीशको नियुक्ति आज गरिँदैछ । करिब ४ दशक देखिको प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषदले तलमाथि नगरोस्, नभए धेरै ठुलो असुरक्षा र अनिश्चितताले न्यायालयमा डरलाग्दो अस्थिरता आउनेछ, जसले हाम्रो स्थापित लोकतान्त्रिक प्रणालीमा बहुआयमिक प्रभाव पार्ने खतरा उत्पन्न हुन सक्नेछ ?,' उनले सामाजिक सञ्जालमा भनेका छन्।

उनले यदी सरकारले लामो समयदेखि चलिआएको प्रधानन्यायाधीशको परम्परा तोडेमा त्यसले न्यायालयमा अस्थिरता आउने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077