काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ ।
बैठक ललितपुरको धोबिघाटमा आज केहीबेरदेखि जारी छ ।
पार्टीभित्र विशेष महाधिवेशनको विषयमा देखिएको मतभेद मिलाउन नेताहरू पुनः छलफलमा छन् ।
यसअघि केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनबारे तीव्र बहस भए पनि साझा निष्कर्षमा पुग्न नसकिएको थियो । एक समूहले तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएको छ भने अर्को समूहले तोकिएको समयमै नियमित महाधिवेशन नै उपयुक्त हुने तर्क गर्दै आएको छ ।
यही विषयलाई स्पष्ट टुंगोमा पुर्याउन कार्यसम्पादन समितिका सदस्यहरू फेरि छलफलमा जुटेका छन् ।