Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा भएको क्षतिको एकीकृत विवरण तयार गर्न प्रधानमन्त्रीको निर्देशन

जेनजी आन्दोलनमा भएको क्षतिको एकीकृत विवरण तयार गर्न प्रधानमन्त्रीको निर्देशन

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार गर्न निर्देशन दिएकी छिन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसी) र मातहतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले आन्दोलनको समयमा सार्वजनिक संरचना र सम्पत्तिमा भएको क्षतिको विवरण अद्यावधिक गरी एकीकृत प्रतिवेदन तयार पार्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जिम्मेवारी दिइन् ।

चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूको खर्च प्रतिशत सन्तोषजनक नदेखिएको भन्दै चालु आर्थिक वर्षको बाँकी अवधिमा सम्बन्धित सबै निकायका प्रमुखले आ–आफूले सम्पादन गर्नुपर्ने कार्यलाई प्राथमिकता दिन निर्देशन गरिन्।

‘प्रधानमन्त्री कार्कीले भनिन्- 'जेनजी आन्दोलनको भावना र मर्म बमोजिम सेवाग्राहीमैत्री सेवा प्रवाह गर्दै चालु आर्थिक वर्षका लक्ष्यहरू समयमै पूरा गर्नुपर्ने अवस्था देखिएको छ ।'

बैठकमा उनले तोडफोड र आगजनीका कारण विकास गतिविधि प्रभावित भएको बताउँदै पुनःस्थापनाका कार्यहरूलाई तीव्रता दिन आग्रह गरिन् । साथै, विद्युतीय खरिद प्रणालीको सर्भर स्तरोन्नति, फाइनान्सियल एक्शन टास्क फोर्सको ग्रे लिष्टबाट नेपाललाई बाहिर निकाल्ने प्रयास, र सुशासन तथा पारदर्शिता कायम गर्न अनुगमन बढाउनसमेत निर्देशन दिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077