Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

 झलनाथको आक्रोश- सरकारले मेरी श्रीमतीको स्वास्थ्यबारे एक शब्द पनि सोधेन, न खर्चबारे चासो देखायो

 झलनाथको आक्रोश- सरकारले मेरी श्रीमतीको स्वास्थ्यबारे एक शब्द पनि सोधेन, न खर्चबारे चासो देखायो

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा उनको घरमा आगजनी हुँदा चित्रकार गम्भीर घाइते भएकी थिइन् ।

चार दशकभन्दा लामो समय फिजिक्सको प्राध्यापक रहेकी चित्रकार अहिले अस्पतालमा उपचाररत छिन् ।

पत्रकारहरुसंगको कुराकानीमा खनालले सरकारले चित्रकारको स्वास्थ्य अवस्थाबारे एक शब्द पनि नसोधेको भन्दै प्रश्न उठाएका छन् ।

खनालले भने- 'सरकारले जेनजी आन्दोलनका मृतक र घाइतेको छानबिन, सहिद घोषणा र निःशुल्क उपचारको कुरा गर्‍यो, तर मेरी श्रीमतीको कुरा किन बिर्सियो ? उहाँ ४० वर्ष देशका विद्यार्थीलाई पढाउने प्राध्यापक हुनुहुन्छ। हत्या प्रयासबाट ज्यान जोगियो, तर अहिले अस्पतालमा हुनुहुन्छ। उहाँ घाइते होइन ?’ ‘३ करोड जनताको तर्फबाट प्रधानमन्त्रीलाई सोध्छु- उहाँ घाइते हुनुहुन्छ कि होइन ? उपचार सरकारको दायित्व होइनरु आजसम्म न सोधिएको छ, न खर्चबारे चासो देखाइएको छ।'

सरकारले जेनजी घाइतेलाई निःशुल्क उपचारको घोषणा गरे पनि पूर्वप्रधानमन्त्रीकी श्रीमती भएकै कारण चित्रकारको उपचारमा सरकार मौन रहेको उनले बताए ।

आफूसँग धेरै सम्पत्ति नभएको बताउँदै उनले ७० रोपनी जग्गामध्ये ५५ रोपनी सरकारलाई दिएको उल्लेख गरे ।

यसबारे अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जवाफ दिनुपर्ने उनको आग्रह छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077