Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिक दलहरूसँग दोस्रो चरणको छलफलमा निर्वाचन आयोग

राजनीतिक दलहरूसँग दोस्रो चरणको छलफलमा निर्वाचन आयोग

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल सुरु भएको छ ।

बिहीबार निर्वाचन आयोगमा राजनीतिक दलहरूसँग निर्वाचन आयोगले छलफल गरेको हो ।

अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको छ ।

आगामी २१ फागुनमा हुने निर्वाचनको तयारी र आचारसंहिताबारे दलहरुसँग छलफल भइरहेको आयोगले जनाएको छ ।

राजनीतिक दलहरुसँगको छलफलमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, डा.जानकीकुमारी तुलाधर, सगुन शमशेर ज।ब।रा र राजनीतिक दलहरूको तर्फबाट नेपाली काँग्रेसबाट पुष्पा भुसाल, नेकपा एमालेबाट खगराज अधिकारी, नेपाली कम्युनिष्ट पार्टीबाट लिलामणि पोखरेल लगायतका नेताहरूको सहभागिता छ ।

यसअघि पनि आगामी निर्वाचनको तयारीबारे राजनीतिक दलहरूसँग आयोगले छलफल गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077