Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा खासै ट्यालेन्ट मान्छे छैनन् : डोनाल्ड ट्रम्प

अमेरिकामा खासै ट्यालेन्ट मान्छे छैनन् : डोनाल्ड ट्रम्प

बुधवार , कार्तिक २६, २०८२

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी श्रम बजारमा आवश्यक स्तरको दक्ष जनशक्ति अभाव भएको स्वीकार गर्दै देशले विश्वभरका प्रतिभाशाली जनशक्ति आकर्षित गर्नैपर्ने बाध्यता रहेको बताएका छन् ।

फक्स न्युजकी लौरा इङ्ग्राहमसँगको अन्तर्वार्तामा बोल्दै ट्रम्पले भने, 'यदि तपाईं तलब बढाउन चाहनुहुन्छ भने विदेशी कामदारहरू रोक्न सक्नुहुन्छ, तर अमेरिकालाई अहिले पनि प्रतिभाको आवश्यकता छ। हाम्रासँग ती विशेष ट्यालेन्ट छैनन्, जुन आधुनिक उद्योगहरूलाई चाहिन्छ।'

उनका अनुसार, अमेरिकामा केही प्रमुख प्राविधिक क्षेत्र र उद्योगहरूका लागि योग्य जनशक्ति अपुग भएकाले विदेशी दक्ष कामदारहरू अपरिहार्य बनेका छन्।

ट्रम्प प्रशासनले सेप्टेम्बर महिनामा एच–१बी भिसाको आवेदन शुल्क एक हजार डलरबाट एक लाख डलरसम्म बढाउने निर्णय गरेको थियो। राष्ट्रपति ट्रम्पले भिसा दुरुपयोग रोक्ने उद्देश्यका साथ यो कदम चालिएको बताए।

तर उनले चेतावनी दिँदै भने — 'यदि हामीले योग्य विदेशीहरूलाई रोक्यौं भने हाम्रो उद्योगहरू ठप्प हुनेछन्। बेरोजगारहरूलाई उठाएर मिसाइल कारखानामा पठाउन सकिँदैन।'

अमेरिकी श्रम विभागका अनुसार, अहिले १७५ भन्दा बढी कम्पनीहरूमा कम तलब, नक्कली कार्यस्थल र ‘बेन्चिङ’ जस्ता अनियमितताका सम्बन्धमा अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077