Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जगदम्बा स्टिलले बुझायो डेडिकेटेड लाइनको पहिलो किस्ता

जगदम्बा स्टिलले बुझायो डेडिकेटेड लाइनको पहिलो किस्ता

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिलले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम बुझाएको छ।

लामो समयदेखि थकित रहेको उक्त उद्योगले बुधबार बक्यौताको पहिलो किस्ता तिरेपछि विद्युत् आपूर्ति पुनः जडान गरिएको हो।

प्राधिकरणका अनुसार, जगदम्बा स्टिल सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो। कम्पनीले कुल एक अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता तिर्नुपर्नेछ। यो रकमलाई २८ किस्तामा विभाजन गरी बुझाउने सम्झौता भएको छ।

त्यसअनुसार, जगदम्बाले बुधबार पहिलो किस्ता स्वरूप पाँच करोड ७२ लाख ९ हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको हो।

पहिलो किस्ता बुझाएपछि गत कात्तिक ४ गते विच्छेद गरिएको विद्युत् लाइन बुधबार साँझ पुनः जडान गरिएको प्राधिकरणले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077