Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारसंग वार्ताका लागि दुर्गा प्रसाईँको टिम गृह मन्त्रालयमा, आएनन् प्रसाईँ

सरकारसंग वार्ताका लागि दुर्गा प्रसाईँको टिम गृह मन्त्रालयमा, आएनन् प्रसाईँ

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं। दुर्गा प्रसाईं संयोजक रहेको नागरीक बचाउ महाअभियानको टिम वार्ताका लागि गृहमन्त्रालय पुगेको छ।

तर, अभियानका प्रमुख प्रसाई भने वार्तामा सहभागी भएका छैनन्।

प्रसाईको अनुपस्थितिमा केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा अभियानको टोली मन्त्रालय पुगेको हो।

प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छ्न् । उक्त आन्दोलनको विषयमा वार्ताका लागि
गृहमन्त्रालयले आजको समय दिएको थियो ।

यस पटकको आन्दोलनका लागि उनले नेपाली कांग्रेससँग सहकार्य गरेका छन् ।

प्रसाईँको तर्फबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्य सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077