Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा भएका घाइतेहरूको वर्गीकरण गर्न गृहको परिपत्र

जेनजी आन्दोलनमा भएका घाइतेहरूको वर्गीकरण गर्न गृहको परिपत्र

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घाइतेहरूको आधिकारिक वर्गीकरण प्रक्रिया शुरू गरेको छ ।

गृह मन्त्रालयले हिजो देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यथाशीघ्र घाइतेहरूको वर्गीकरण गरी विवरण पठाउन निर्देशन दिएको हो ।

गृह मन्त्रालयको राहत तथा तथ्याङ्क व्यवस्थापन शाखाले गरेको परिपत्रअनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयन गर्न निर्देशन दिइएको हो ।

परिपत्रमा जिल्लास्तरीय वर्गीकरण सहजीकरण समिति गठन गरी सात दिनको सार्वजनिक सूचना निकालेर गरेर घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरणको काम तत्काल सम्पन्न गर्न भनिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077