Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदाता नामदर्तामा चाप बढेपछि निर्वाचन आयोगले भन्यो - अब दैनिक १२ घण्टा सेवा दिन्छौं

मतदाता नामदर्तामा चाप बढेपछि निर्वाचन आयोगले भन्यो - अब दैनिक १२ घण्टा सेवा दिन्छौं

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यमा देखिएको अत्यधिक चापलाई व्यवस्थापन गर्न दर्ता स्थलहरूमा सेवा प्रवाहको समय बढाएको छ ।

फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकलाई मात्र नामावलीमा सहभागी हुन अपिल गर्दै आयोगले काठमाडौं उपत्यका लगायतका बढी चाप भएका जिल्लामा दुई सिफ्टमा काम गर्ने र थप कर्मचारी खटाउने व्यवस्था मिलाएको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार, दैनिक ८०० भन्दा बढीले नाम दर्ता गराइरहेका जिल्लाहरूमा अब ६-६ घण्टाको दुई सिफ्टमा गरी दैनिक १२ घण्टा सेवा सञ्चालन गरिनेछ। यसले सेवाग्राहीलाई सहज रूपमा नाम दर्ता गराउन मद्दत पुग्ने आयोगको विश्वास छ।

चाप व्यवस्थापनकै लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना कर्मचारी खटाइएको छ।

उपत्यका बाहिरका जिल्लाहरूको हकमा भने सेवाग्राहीको चापअनुसार थप जनशक्ति खटाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिन गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ।

आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकहरूलाई मात्र आसन्न निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन हार्दिक अपिल गरेको छ।

नेपाली नागरिकता प्राप्त गरे पनि उक्त मितिसम्म १८ वर्ष पूरा नहुनेहरूले भने निर्वाचन सम्पन्न भएपछि मात्र नाम दर्ता गराउन सक्ने आयोगले स्पष्ट पारेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077