Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु [सूचीसहित]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु [सूचीसहित]

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका मुख्य सात निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिंहदरबारमा बसेको बैठकका निर्णयहरू सोमबार साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नियमित बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक ९आईजीपी० का रूपमा अतिरिक्त महानिरीक्षक ९एआईजी० दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

त्यसैगरी, बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली, २०८२ र भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।

भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको आयोगमा निजामती सेवा तर्फ ४ जना र नेपाल प्रहरी तर्फ ११ जना गरी १५ जना कर्मचारी थप गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै, २०८२ कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत कोअर्डिनेशनको नवौं बैठकमा सहभागी हुने सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल संयोजकत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ।

बैठकले २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको छ।

त्यसैगरी, सरकारले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077