काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक जारी छ।
आजको बैठकमा मन्त्रालयका नियमित कार्यसूचीसँगै नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) नियुक्तिको विषय मुख्य एजेन्डा बनेको छ।
विद्यमान महानिरीक्षक चन्द्रबहादुर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश हुँदैछन्।
खापुङको अवकाश नजिकिँदै गर्दा सरकारले सोमबारकै बैठकबाट नयाँ प्रहरी नेतृत्वको टुंगो लगाउने तयारी गरेको छ।
आईजीपीका लागि चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) का नामहरू सर्वाधिक चर्चामा छन्— दानबहादुर कार्की, राजन अधिकारी, मनोजकुमार केसी, शिद्धीविक्रम शाह ।
ज्येष्ठता, कार्यक्षमता र अनुभवका आधारमा एआईजी दानबहादुर कार्की सबैभन्दा अगाडि रहेको छन् ।