Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाश शर्मा भन्छन् - मधेसको सरकार गठन प्रक्रिया निन्दनीय छ, संघीयताप्रति थप वितृष्णा बढायो

विश्वप्रकाश शर्मा भन्छन् - मधेसको सरकार गठन प्रक्रिया निन्दनीय छ, संघीयताप्रति थप वितृष्णा बढायो

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा नेकपा एमाले नेतृत्वमा बनेको सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

उनले प्रदेशमा संविधानको मर्मविपरीत देखिएको राजनीतिक घटनाक्रमले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाएको भन्दै यसलाई 'अराजनीतिक र निन्दनीय' भनेका छन् ।

शर्माले सोमबार सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'मधेस प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ।'

उनले संविधानको धारा १६८९२० बमोजिम सरकार गठनको सम्भावना रहँदै गर्दा धारा १६८(३) अनुसार गरिएको नियुक्तिलाई 'मञ्चन भएको प्रहसन' भनेर व्याख्या गरेका छन् । शर्माले विश्वास व्यक्त गर्दै भनेका छन्, “बहुमत दल र बहुमत प्रदेशसभा सदस्यको मागमा न्यायालयले यो गल्ती सच्याउनेछ।”

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । नयाँ मुख्यमन्त्री यादवले सोमबार नै शपथ ग्रहण गर्दै मन्त्रिपरिषद् गठन गरेका छन् ।

उनको सिफारिसमा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कञ्चन बिच्छा र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारी मन्त्री बनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077