काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री एमालेमा फर्कने भएकी छन् ।
स्रोतका अनुसार उनी सोमबार औपचारिक कार्यक्रममार्फत एमालेमा फर्किन लागेकी हुन् ।
यसै सन्दर्भमा एमालेले पार्टी छाडेका नेताकार्यकर्तालाई फर्काउने उद्देश्यले ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा गर्न लागिएको छ ।
कार्यक्रम कात्तिक २४ गते दिउँसो साढे २ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने बताइएको छ ।