Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीलाई भेट्न किसान श्रेष्ठसहितका नेता पुगे गुन्डु

ओलीलाई भेट्न किसान श्रेष्ठसहितका नेता पुगे गुन्डु

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

श्रेष्ठ र झाँक्रीसहितले ओलीको नयाँ निवास भक्तपुरको गुण्डुमा पुगेर भेटेका हुन्।

ओलीले एमाले घर फर्किन आग्रह गरेको बताउदै श्रेष्ठले भने- 'तपाईंहरूको इज्जत र मानसम्मान पार्टीभित्र हुन्छ, तपाईंहरू घर फर्कनुस् भनेर ओलीले भन्नुभयो । घर फर्कने अभियान चलेको छ, कात्तिक २४ गते कार्यक्रम आयोजना हुनेछ, हामी बढीभन्दा बढी एमालेमा फर्किन्छौँ।'

आफूहरू निशर्त एमालेमा फर्कनका लागि तयार भएको नेता श्रेष्ठले यसअघि नै बताइसकेका छन् ।

हिजोमात्रै एकीकृत समनजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालहरू माओवादी केन्द्रसहितका घटकहरूसँग एकता गरेका थिए।

उक्त एकतामा प्रक्रियामा श्रेष्ठ र झाँक्रीसहितका नेताहरू सामेल नभएर पत्रकार सम्मेलन  गर्दै आफूहरू एमालेमा फर्कनसक्ने संकेत गरेका थिए ।

किसान श्रेष्ठसहित ५० जनाभन्दा बढी नेताहरू पनि ओलीलाई भेट्न गुण्डु पुगेको एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए।

भेटमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077